काठमाण्डौ । काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा अपराजित रहँदै नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ ।
पुलिसले लिग चरणको आफ्नो अन्तिम खेलमा हिजो माल्दिभ्सको घरेलु टोली पुलिस क्लबलाई ३–१ को सेटमा हरायो ।
पहिलो सेट २५–१२ र दोस्रो सेट २५–२१ ले जितेको पुलिसले तेस्रो सेट २१–२५ ले गुमायो ।
तर चौथो सेट २५–२१ ले जित्यो । पुलिसको पाँच खेलमा १४ अङ्क छ ।नेपाल पुलिस एक खेल अगावै यसअघि नै फाइनलमा पुगेको थियो ।
अब फाइनलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबसँग खेल्ने छ । फाइनल खेल आज हुनेछ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |