धादिङ,२५ जेठ ।
नेपाल प्रेस युनियन धादिङकोे अध्यक्षमा सन्तोष श्रेष्ठ चयन हुनुभएको छ।
बुधबार जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यान्टारमा भएको शाखाको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसमा कार्यसमितिको उपाध्यक्ष(खुल्ला)मा सन्तोष अधिकारी, उपाध्यक्ष(समावेशी)मा बिनु सिंखडा, सचिवमा मनिश श्रेष्ठ, सहसचिवमा सुशिला विश्वकर्मा, कोषाध्यक्षमा सितल सापकोटा चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा सन्जु श्रेष्ठ, दिलिप श्रेष्ठ, अनिश तामाङ, पुरुषोत्तम ढुङ्गाना, अनिल आचार्य चयन हुनुभएको छ ।
पोषनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघिय सांसद प्रदीप पौडेलको प्रमुख आतिथ्यता तथा धादिङ क्षेत्र नं २ का संघिय सांसद रामनाथ अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।
अधिवेशनको अवसरमा शाखाले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |