धादिङ,१० भदौ।
नेपाल सितोरियो कराँते संघ धादिङको अध्यक्षमा बलराम रानामगर चयन भएका छन्।
आईतबार धादिङबेशीमा भएको प्रथम अधिवेशनले मगरको अध्यक्षतामा २० सदस्यीय कराँते संघ धादिङको कार्यसमिति चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा शेरबहादुर तामाङ, सुदिप श्रेष्ठ, राजेन्द्र तामाङ, सचिवमा मिथुन तामाङ, सह सचिवमा सन्दिप तामाङ, कोषाध्यक्षमा कविता रञ्जितकार चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा मनोहर विक, दावरी तामाङ, सन्तबहादुर तामाङ, करण गुरुङ, सन्दिप अधिकारी, दिवाकर रञ्जितकार, सन्देश घले, सामुएल तामाङ, मनिश तामाङ, सुदिप तामाङ, रोशन घले, साजनी तामाङ, सुजन श्रेष्ठ चयन भएका छन्।
राष्ट्रिय खेलकुद परिषदका कराँते सहायक प्रशिक्षक भिमबहादुर गुरुङको अध्यक्षता भएको अधिवेशनमा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यता तथा नेपाल सितोरियो कराँते संघ बागमती प्रदेश अध्यक्ष गगन लामाका विशेष आतिथ्यता रहेको थियो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |