धादिङ,११ भदौ।
पछिल्लो २४ घण्टामा धादिङमा ५१ जना डेङ्गीका बिरामी भेटिएका छन्।
२६ जना पुरुष र २५ जना महिला गरी थप ५१ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४० जना,ज्वालामुखीका ४ जना,सिद्धलेकका ३ जना,बेनिघाट रोराङका २ जना, गजुरीका १ जना र गंगाजमुनाका १ जना रहेका छन्।
साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ३५७ पुगेको छ।जसमा पुरुष १ हजार १५७ र महिला १ हजार २०० जना छन्। हालसम्मको कुल संक्रमितमध्ये २ हजार ६ जना निलकण्ठका मात्रै छन् ।
संक्रमणकै कारण धादिङमा एक जनाको मृत्यु समेत भईसकेको छ।
यसैगरी आज थप २ जनामा स्क्रब टाइफस संक्रमण भएको छ।संक्रमितहरुमा गल्छीका १ पुरुष र ज्वालामुखीकी १ महिला छिन्।
अहिलेसम्म संक्रमितत हुनेको संख्या ८५ पुगेको छ।संक्रमितहरुमा ३९ जना पुरुष र ४६ जना महिला छन् ।गत बर्ष २०७९/०८० मा जम्मा ४८ जनामा देखिएको स्क्रब टाइफस अहिले ४१ दिनको अवधीमा ८५ जना संक्रमित भईसकेका छन्।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |