धादिङ । रुबीभ्याली गाउँपालिका–४ रबास्थित गल्गडाँडा कोच्चोङ भिरमा पहिरो गएपछि २२ घर उच्च जोखिममा परेको छ।
गाउँमाथि अवोइबाट सेर्तुङतर्फ सडक लगिएको बाटो कोच्चोङ भिरमा पहिरो खस्दा गाउँनै जोखिममा परेको स्थानीय विवेक तामाङले जानकारी दिनुभयो।
प्रभावितहरु घरबार सबै छोडेर गोठको बास बिताइरहेका र पहिरोले सबै बाली नष्ट भएको उहाँले बताउनुभयो । पहिरो गएको स्थानमा ५ घरमा क्षति पुगेको छ । ती परिवार नजिकै गाउँमा आश्रय लिएर बसेका छन् ।
उहाँले पीडितहरुको समस्या समाधान गरी राहत उपलब्ध गराउन स्थानीय सरकारलाई अनुरोध गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले वडा अध्यक्ष मार्फत ५ घरमा क्षति पुगेको जानकारी आएको भन्दै पालिकालाई त्रिपाल उपलब्ध गराउन आग्रह गरिएको बताउनुभयो ।
पीडितहरुले भने स्थानीय सरकारले वास्ता नगरेको बताएका छन् ।
यसैगरी साङ्कोस तिप्लिङ सडक खण्डका विभिन्न ठाउँमा पहिरोले अवरोध भएको छ। हाल धादिङबेसीबाट खनयाबासको तरमानेसम्म सवारी चलिरहेको र यसबाहेकका क्षेत्रमा सडक अवरुद्ध रहेको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |