धादिङ । नीलकण्ठ नगरपालिका–१२ स्थित थोपलखोलामा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ ।
गंगाजमुना गाउँपालिका–३ घर भई हाल नीलकण्ठ–१२ स्थित सांकोषमा बस्दै आएका २४ वर्षिय साजन सिंम्खडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
पौडी खेल्ने क्रममा घाईते भएका सिंखडालाई उद्धार गरि धादिङ अस्पताल ल्याईएको भएपनि चिकित्सकले मृत घोषणा गरेको मिश्रले बताउनुभयो ।घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
मृतक साजन सिंखडा वैदेशिक रोजगारीको लागि एक हप्ता पछि कुवेद जाँदै हुनुहुन्थ्यो ।
विदेश जाने दिन पनि आईसकेको भन्दै साथीहरुसँग रमाईलो गर्न सोमबार विहान थोपल खोलामा पौडी खेल्न र माछा मार्नको लागि साथीहरु सँग निस्किएको छिमेकी अजय गुरुङले जानकारी दिनुभयो ।तस्विर:रेख गुरुङ
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |