धादिङ । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको कार्यकाल सुरु भएको एक वर्ष पूरा भएको छ ।
गैह्रेले एक वर्षे कार्यकाल पूरा गरेपछि यस अवधिमा जिल्ला प्रशासन कार्यालय धादिङका कार्यप्रगतिको विवरण बिहिबार पत्रकार सम्मेलन तथा धन्यबाद ज्ञापन कार्यक्रम गर्दै सार्वजनिक गर्नुभएको छ ।
सार्वजनिक विवरण अनुसार जिल्ला प्रशासन कार्यालय धादिङबाट १ वर्षको अवधीमा नयाँ र प्रतिलिपि गरि २४ हजार २६८ नागरिकता वितरण गरिएको छ ।
नयाँ ऐन पश्चात आमाको नामबाट १२ वटा, गैरआवासीय नेपाली नागरिकता २७ र जन्मको आधारमा नागरिकता लिएका बाबु आमाको सन्तानलाई १ गरि ४० जनालाई नागरिकता वितरण गरिएको प्रजिअ गैह्रेले बताउनुभयो । यो विचमा १० ओटा नागरिकता रद्ध गरिएको छ भने २७ जनाले नागरिकता त्याग गरेका छन् ।
यसैगरी एक बर्षमा १५ हजार ३६९ राहदानी तथा ६ हजार २५६ वटा राष्ट्रिय परिचय पत्र वितरण, ९०४ वटा समावेशी सिफारिस, ४४५ वटा भारतीय पेन्सन प्रमाणित सिफारिस, ५६२ वटा नावालक परिचय पत्र वितरण, ४४ संघ संस्था दर्ता तथा १२५ वटा नविकरण लगायत स्थानिय प्रशासन तथा संघ संस्था सम्बन्धी सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो ।
एक वर्षको अवधीमा २३ हजार ४०३ वटा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गरिएको, २३५ मुद्धा मध्ये १६१ मुद्धा फछ्र्यौट गर्न सफल,४१ वटा हातहतियार नविकरण तथा ७ वटा ब्लास्टिङको ईजाजत नवीकरण गरिएको छ ।
यस्तै १५१ वटा ठाडो उजुरी मुद्धा दर्ता भएकोमा सबै मुद्धा फछ्र्यौट भएको छ ।
एक वर्षको अवधीमा गरिएको ३६ पटक अनुगमन तथा निरिक्षणमा २७० वटा व्यवसाय तथा फर्मको अनुगमन,९३ वटा व्यवसायिक फर्मलाई कारवाही गरि १० लाख २५ हजार जरिवाना गरिएको र ३ लाख ६५ हजार मुल्य बराबरको म्याद नाघेको अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ ।
एक वर्षको अवधीमा राहदानी र अन्य दण्ड जरिवाना शुल्क गरि ६ करोड ३७ लाख ५१ हजार ९८५ राजश्व संकलन भएको गैह्रेले बताउनुभयो।
उहाँले कार्य सम्पादनका क्रममा सेवा थप्दै जानु जनशक्ति र स्रोत साधन नथपिनु, कर्मचारी टिकाउन समस्या, सफ्टवयरमा आउने सम्स्या, वडा कार्यालय बाट आउने सिफारिस र कागजातमा हुने त्रुटि लगायतका समस्याले चुनौती थपिएको बताउनुभयो।
थप कार्यप्रगती हेर्नको लागि तलको लिन्कमा क्लिकमा गर्नुहोस्
👇👇👇👇👇👇
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |