धादिङ,२९ जेठ।
प्रथम एनटीए लिग च्याम्पियनमा धादिङले एक स्वर्ण र एक रजत पदक जित्न सफल भएको छ ।
नेपाल तेक्वान्दो संघको आयोजनामा जेठ २६ गतेदेखी २८ गतेसम्म काठमाडौँमा भएको प्रतियोगितामा धादिङका राजु तामाङले स्वर्ण पदक र सुमन घलेले रजत पदक जितेको धादिङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रदिप गिरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा ४१ केजी तौल तर्फ धादिङका राजु तामाङले ६ जना प्रतिस्पर्धी लाई पराजित गर्दै स्वर्ण जितेका हुन् भने सुमनले पाँचौं खेल जितेपनि छैटौं खेलमा पराजित हुँदा रजत पदकमै रोकिएको गिरीले बताउनुभयो ।
प्रतियोगितामा धादिङका ४ जना सहित देशभरबाट १ हजार खेलाडी सहभागी थिए ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |