धादिङबेसी,१७ भदौ।
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको २२ औं बार्षिक साधारणसभा तथा नवौं अधिबेशन शनिबार धादिङबेसीमा सम्पन्न भएको छ।
साधारण सभामा संस्थाको ०७९/०८० वर्षको आर्थिक तथा प्रगति विवरणको समिक्षा गरिएको थियो ।संस्थाका अध्यक्ष रेष्टनकोे अध्यक्षतामा भएको साधारणसभामा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु,साझेदार संस्थाका प्रतिनिधीहरु, संस्थाका सदस्यहरु, लक्षित समुदायका प्रतिनिधीहरु, संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका सचिव बिर बहादुर श्रेष्ठले संस्थाको सांगठनिक, कार्यकारी निर्देशक दामोदर अर्यालले बार्षिक प्रगति र कोषाध्यक्ष गोबिन्द प्रसाद पण्डितले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । सभाले संस्थाको आगामी आ.ब.०८०/०८१ निति,कार्यक्रम तथा प्रस्तावित बजेट पारित गरेको छ भने संस्थाको बिभिन्न निति संशोधित सहित समसामयिक ९ वटा प्रस्तावमा छलफल गरी पारित गरेको महिला तथा बालबालिका समितिका संयोजक तथा शिक्षा अधिकृत रेनुका रुपाखेतीले जानकारी दिनुभयो ।
यसैगरी साधारणसभा तथा अधिबेशनले बिर बहादुर श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा उषा बि.क, सचिवमा गोबिन्द प्रसाद पण्डित, सह–सचिवमा सरतिा चेपाङ, कोषाध्यक्षमा बिपिना सिंजाली मगर, सदस्यहरुमा गोमा तामाङ र सुरेन्द्र बि.कलाई चयन गरेको छ।
प्रदिप रेग्मीको संयोजकत्वमा ३ सदस्यीय आन्तरिक लेखा परिक्षण समिति , गोबिन्द प्रसाद बिडारीको संयोजकत्वमा ३ सदस्यीय अनुगमन तथा बिश्लेषण उपसमिति र ईश्वरी कोईरालाको संयोजकत्वमा ३ सदस्यीयसेवा तथा सामाग्री खरिद उपसमिति,सुनिता कडेलको संयोजकत्वमा ३ सदस्यीय बालबालिका तथा महिला उपसमिति चयन गरेको छ ।
साधारण सभाको अवसरमा आर्थिक बर्ष २०७९/८० मा कारर्यत सामाजिक कार्यकर्ताहरु मध्येबाट उत्कृष्ट शिक्षा अधिकृत दशरथ डुवाडी र फुलमाया उपरकोटी तथा लेखापाल सुवास अर्याल र उत्कृष्ट सदस्य सम्मानबाट गोमा तामाङ सम्मनित हुनु भएको सुनिता कँडेलले जानकारी दिनुभयो।
प्रयास नेपाल धादिङले विभिन्न साझेदार संस्थाहरुको सहयोगमा धादिङ जिल्लाको ११ गाउँपालिका र २ नगरपालिहरुमा सामुदायिक विकास कार्य गर्दै आईरहेको छ।
तस्विरहरु
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |