प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ र प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्ट,गजुरी गाउँपालिका धादिङको साझेदारीमा धादिङ जिल्लाको गजुरी गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा संचालन हुने प्रारम्भिक बाल विकास कार्यक्रमको लागि ५ जना करारमा नियुक्ति गर्नुपर्ने भएको समुदायमा सेवा गर्ने मनोभावना भएको नेपाली नागरिकहरुबाट आफ्नो व्यक्तिगत विवरण (CV) र निवेदन सहित सुचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र तल उल्लेखित ठेगानामा दरखास्त आह्वान गरिएको छ । म्याद नाघि आएको र रीत नपुगेको दरखास्त उपर कुनै कारवाही हुने छैन । प्रारम्भिक छनौटमा परेका उमेद्वारलाई मात्र लिखित परीक्षामा समावेश गराईनेछ ।
विज्ञापन नं ः ०२–०७७÷०७८
आवश्यक पद ः सामाजिक परिचालक आवश्यक संख्या ः ५ जना
प्रमुख काम तथा जिम्मेवारीहरुः
बाल विकास कार्यक्रमसँग सम्बन्धित क्रियाकलापहरु विद्यालय र समुदायमा संचालन गर्नुपर्ने ।
बाल विकास कार्यक्रम सम्बन्धि मासिक,त्रैमासिक तथा वार्षिक कार्ययो बनाउने, कार्यान्वयन गर्नुका साथै त्यसको अनुगमन तथा मुल्यांकन गर्ने ।
बाल सहभागितामुलक कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिने र त्यसको लागि सहजिकरण गर्ने ।
विद्यालय तथा समुदायमा बाल विकास कार्यक्रमसँग आयोजना गरिएको बैठक, गोष्ठी तथा अन्तरक्रियात्मक कार्यक्रमहरुमा सहजकर्ताको भुमिकामा कार्य गर्ने ।
बालविकास कक्षा व्यवस्थापन गर्न बाल विकास क्रियाकलाप कार्यान्वयनमा सहजकर्तालाई प्राविधिक सहयोग गर्ने ।
बाल विकास बिषयमा बिद्यालयसँग निरन्तर रुपमा समन्वय, सहकार्र्य र सुझाव आदान–प्रदान गर्ने ।
बिद्यालय वा बाल विकास सेवा क्षेत्रभित्र रहेका ३ वर्षदेखि ५ वर्ष सम्मका बालबालिका बाल विकास कक्षा नगएको भए बालबालिकाहरुलाई बाल विकासमा ल्याउन सहजिकरण गर्ने ।
पाठयोजना अनुसार बालमैत्री क्रियाकलाप संचालन गर्न बाल विकास सहजकर्तालाई पञविधिक तथा व्यवस्थापकिय सहयोग गर्ने ।
आवश्यक शैक्षिक योग्यता र अन्य सीपः
कम्तीमा १०ं२ उतिर्ण गरी बाल विकास तथा बाल अधिकार सम्बन्धित निकायसम्म पुग्न सहजिकरण गर्न सक्ने अनुभव भएको हुनुपर्ने ।
सामाजिक परिचालन,बाल विकास तथा बाल अधिकारको क्षेत्रमा कम्तीमा २ वर्षको समुदायमा रहेर काम गरेको अनुभव भएको हुनुपर्ने ।
अभिभावकहरु, आमा समूह ,बालक्लब समुदाय परिचालन र सहजिकरण गर्नेे सीप भएको हुनुपर्ने ।
बिद्यालय,शिक्षक,अन्य संघ संस्थाहरु तथा स्थानीय तहका पखाधिकारीहरुसँग समन्वय,सहकार्य गर्ने सीप भएको हुनुपर्ने ।
राम्रो संञ्चार सीप भएको, समुदायमा सम्वन्ध बिस्तार गर्ने सिप भएको हुनुपर्ने ।
एकाई प्रतिवेदन लेखनमा राम्रो दखल भएको हुनुपर्ने ।
कम्प्युटर सीप भएको (नेपाली अंग्रजी टाईप राम्रोसँग गर्न सक्ने) ।
निवेदकले आपनो निवेदनको साथै आपmनो (CV) , शैक्षिक योग्यता, कार्य अनुभव प्रमाण पत्र र आफ्नो नागरिकताको प्रतिलिपि पेस गर्नु पर्ने छ । महिला, दलित, जनजाति तथा स्थानियलाई विशेष प्राथमिकता दिइने छ ।
नोटः यो सूचना प्रकाशन भएको ७ दिन (१२ भदौ २०७७ ) भित्र निवेदन आईपुग्नु पर्ने छ । समय तोकिएको दिन भन्दा पछि निवेदन आएमा स्वत निवेदन रद्ध हुनेछ ।
निवेदन, प्रयास नेपाल धादिङको ईमेल id: [email protected] मा पठाउन सक्नु हुनेछ र प्रयास नेपाल धादिङको कार्यलयमा पनि बुझाउन सक्नुहुनेछ ।
कार्यालयको ठेगाना
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ
नीलकण्ठ नगरपालिका सुगम टोल धादिङबेसी
सम्पर्क नंः०१०–५२०४५०
२०७७ भदौं ५ गते प्रकाशित ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |