धादिङ,०६ ज्येष्ठ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रहरीको आचरण व्यवहारमा थप सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा जनप्रतिनिधि,नागरिक समाज, राजनैतिककर्मी, समाजसेवी, संघसस्थाका पदाधिकारी तथा सञ्चारकर्मीसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक(डिआईजी)राणाले सो कुरा बताउनुभएको हो ।
प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यवहारलाई थप नागरिकमैत्री बनाउन प्रहरी कर्मचारीको व्यवहारमा थप सुधार गर्नुपर्ने बताउनुभएको हो ।
डिआईजी राणाले करिब ३ करोड जनसंख्या भएको देशमा ८१ हजार मात्रै प्रहरी रहेकोले एक प्रहरीले ४ सय जना र ४ देखी ५ किलोमिटर दुरी हेर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
धादिङभित्र पर्ने ८६ किलोमिटर राष्ट्रिय राजमार्गलाई लक्षित गरी अहिले म्यानपावर थपिएको र अब पहिलेको जस्तो समस्या नहुने उहाँको भनाई थियो ।साथै नागरिक र प्रहरीबीच हरेक क्षेत्रमा सहकार्य हुने भएकाले समुदाय साझेदारी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले ट्राफिक जामको व्यवस्थापन गर्न, म्यानपावर थप्न,उत्तरी धादिङलाई लक्षित गरी भाषा मिल्ने दरबन्दी पार्न, बजार क्षेत्रमा हेभी सवारीको लागी समय तोक्न, टोल टोलमा अराजकता बढेकाले नियन्त्रण गर्न,सुविधा सम्पन्न प्रहरी बनाउन,समुदायबिचको अन्तरक्रिया बढाउन र बिश्वास दिलाउनुपर्ने बताएका थिए ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |