धादिङ । सिद्धलेक गाउँपालिका वडा नम्बर ४ तल्लो गौँथलेका किसानहरु बंगुरपालनबाट आम्दानी गर्न सफल भएका छन् ।
तल्लो गौँथलेमा बंगुर पालन गरिरहेका किसान अहिले २० घर रहेका छन् ।उनिहरुको घरमा ३ देखि ५ वटासम्म बंगुर विक्रिका लागि छन् । अहिले गाउँमा १ सय ९वटा बंगुर बंगुर छ ।
गतिलो आम्दानीको श्रोत बन्दै गएको बंगुर पालन व्यवसाय अहिले गाउँभर फैलिएपछि गाउँबासी यसलाई नै व्यवसायिक बनाउन चाहन्छन् ।
सोही ठाउँकी गिता मगरको घरमा अहिले साना ठुला गरि २७ ओटा बंगुर छन् ।बच्चा उत्पादन गरेर गाउँ भरि बंगुर पालन व्यवसाय गर्ने किसानहरुलाई दिनका लागि उहँले रातदिन मेहनत गरेर बंगुर पाल्नु भएको छ ।
गिताका श्रीमान मलेखु क्षेत्रका होटलबाट हरेक दिन होटलमा फालिएका खानेकुरा बाल्टीहरुमा हालेर घर ल्याउने गर्नुहुन्छ । बंगुरलाई आहारा खुवाएर पालिएका मध्ये १० वटा ठुला बंगुर समेत विक्रि गर्न लायकका भएका छन् ।
यसैगरि मिरा मगरको खोरमा अहिले ७ वटा बुंगुर रहेकोमा ४ वटा विक्रिका लागि तयारी रहेको छ ।
०७९ सालमा छिटो आम्दानी गर्न सकिने के होला भनेर छलफल भयो । गाउँबासीले बंगुर पालन रोजे । सबै महिलाहरुको नेतृत्वमा गाउँमा ३१ घरलाई एकएक वटा बंगुर पालन गर्नका लागि डिएफपी टेक्सस अमेरिकाले सघायो ।
सबै घरलाई बंगुर बाडिएपछि अहिले बंगुर आम्दानीको श्रोत बनेको छ ।
एउटा एउटा हुने घरहरु त सबै छ तर यसबाट थप आम्दानी लिन सक्नेहरुले संख्या थप्दै अघि बढेकाले विदेशीको सानो सहयोग नै अहिले व्यवसायिकतातर्फ अघि बढेको गिता मगरको भनाइ छ ।
गाउँबासीको मेहनतले आम्दानीको श्रोतको रुपमा परिणत गर्दै स्थानीय बजारमा विक्रि गर्दै आएको बंगुर पालनलाई भने गाउँ सरकार, प्रदेश सरकारहरुले भने प्राविधिक सहयोग समेत दिन सकेका छैनन् ।
पशुपालन नै नगर्ने नेताहरुले समेत अनुदानको रकम खाएको खबर सुनेका गौँथलेका किसानहरु आफ्नो गाउँमा बंगुर पालन फस्टाउँदै गएकोले व्यवस्थीत खोर र प्राविधिक सहयोग पाए अझै उत्पादन बढाउने किसानहरुको भनाइ छ ।
एक धार्नी बंगुरको मासु १ हजार २ सयमा विक्रि हुन्छ ।
गाउँमा कुखुरा पालन थियो थोरबहुत आम्दानी गर्दै बोइलर कुखुरा पालन व्यवसाय सुरु भएको थियो । विक्रिका लागि बजार लगेको कुखुरा दुर्घटनामा सबै सखाप भए ।
गाउँका एक जनाले किनेको गाडी पनि बनाउन नसक्ने अवस्थामा पुुगेका किसानहरुले बंगुर पालन व्यवसाय बढ्न थालेकोले सबै खुसी भएको गाउँबासीलाई सामाजिक र आत्म निर्भरको बाटोमा सहजीकरण गर्दै आउनुु भएका बमबहादुर मगरले बताउनुुभयो।
प्रदेश सरकारले प्राविधिक प्रस्ताब माग्छ,आफूहरुले नजानेको विषय जानेका मानिसहरुसँग अनुरोध गर्दा धेरै पैसा माग्ने र सूचना समेत नपाउने भएकोले वास्तविक किसानहरु समक्ष प्रदेश सरकार आउन नसकेको मिरा मगरको भनाइ छ।
गाउँपालिका सरकारका प्राविधिकलाई बंगुर पालनको विषयमा सोधखोज नै गर्न प्राविधिक नभेटिएको र गाउँपालिका सरकारले किसानको हितमा कार्यक्रम नै ल्याउन नसकेको गाउँबासीको भनाइ छ ।
किसानको माग सुनेर सरल र सहज तरिकाले बंगुर पालन गरिरहेका किसानलाई व्यवस्थित गोठ (खोर) र अनुदानको व्यवस्था गर्न किसानहरुको माग रहेको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |