धादिङ,०७ भदौ।
बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा फेरि बढेको छ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नयाँ भाडा दर सार्वजनिक गरेको छ ।मन्त्रालयले आजैदेखि लागू हुने गरी सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै धादिङसहित बागमती प्रदेश भित्र चल्ने सार्वजनिक सवारीको भाडा बढेको छ।
यात्रुवाहक सवारी साधनमा नयाँ भाडादर अनुसार अब ५ किलोमिटरसम्मको १८ रुपैयाँबाट वृद्धि भएर १९ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, १० किलोमिटरको २४ रुपैयाँबाट वृद्धि भएर २६ रुपैयाँ , १५ किलोमिटरसम्मको २९ बाट वृद्धि भएर ३१ रुपैयाँ नयाँ भाडा दर तोकिएको छ ।
२० किलोमिटरसम्मको ३२ बाट वृद्धि भएर ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३७ रुपैयाँबाट बढाएर ४० रुपैयाँ नयाँ भाडादर तोकिएको छ ।
बढेको भाडा अनुसार अब धादिङबेशी–काठमाडौंको भाडा २६६ कायम भएको छ ।८७ किलोमिटर दुरी रहेको धादिङबेशी–काठमाडौंको भाडा यसअघि २०८० साउन ११ गतेयता २५३ थियो ।
काठमाडौं–गल्छीको भाडा १४३ कायम भएको छ । यसैगरी धादिङबेशी–नारायणगढको भाडा ३०६ कायम भएको छ । ९७ किमि दुरी रहेको धादिङबेशी–नारायणगढको भाडा यसअघि २०८० साउन ११ गतेयता २९१ थियो ।
बागमती प्रदेशमा सञ्चालनमा रहेका ट्याक्सिहरुको भाडादर पनि कायम गरिएको छ ।जहाँ फ्याग डाउनको ५२ रुपैयाँ कायम गरेको छ ।
अब ट्याक्सिहरुको २०० मिटरको भाडादर १० रुपैयाँबाट १० रुपैयाँ ३४ पैसा तोकिएको छ । नेपाल आयल निगमले गत मङ्गलवार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो ।
यसअघि निगमले स्वाचालित मूल्य प्रणाली लागू गरेपछि श्रम रोजगार तथा यातायात मन्त्रालयले साउन ११ गते घाडा घटाएको थियो । अब पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा माथि थप घटभएपछि मूल्य समायोजन हुने छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |