धादिङ । बेनिघाट रोराङ गाउँपालिकाकाका शिक्षकहरुका लागि बालमैत्री कक्षा शिक्षण सम्बन्धी क्षमता विकास तालीम गरिएको छ।
गाउँपालिकाको समन्वय तथा चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाट रोराङको वडा नम्बर ६,८ र १० का १९ सामुदायिक विद्यालयहरुमा सञ्चालन गरेको शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तरगत धादिङबेसीमा आईतवारदेखी शुरु भएको बालमैत्री कक्षा शिक्षण शिक्षक तालिम सोमबार सकिएको हो ।
तालिममा प्रशिक्षक उत्तम दाहालले बालमैत्री कक्षा शिक्षण संचालन बिधि, प्रक्रिया, क्रियाकलाप, आवश्यक सामाग्री लगायतका बिषयमा सहजिकरण गर्नु भएको थियो।
शिक्षकहरुको बालमैत्री शिक्षण पद्धति सम्बन्धी क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलव्धी बृद्धिमा सहयोग पुर्याउन ३ दिने तालीम सञ्चालन गरिएको प्रयास नेपाल धादिङका निमित्त कार्यकारी निर्देशक केशव सिग्देलले जानकारी दिनुभयो ।
तालिमले सामुदायिक बिद्यालयका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री प्रयोग क्षा शिक्षकहरुको भुमिका उत्तरदायित्व, कक्षामा गर्नुपर्ने क्रियाकलाप ,विधी लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग पुग्ने सिग्देलले बताउनुभयो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै शिक्षा विकास तथा समन्वय ईकाई धादिङका निमित्त प्रमुख कृष्णकुमार श्रेष्ठले बिद्यालय उमेरका बालबालिकाहरुको शैक्षिक सुधारका लागि यस्ता तालिमले बिद्यालयहरुमा बालमैत्री वातावरण सिर्जनामा थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो ।
यस्तै चाईल्ड फण्ड जापानका एरिया म्यानेजर दल बहादुर सुनारले आगामी दिनमा पनि गाउँपालिकासँग समन्वय गरी अगाडी बढ्ने बताउनुभयो ।
प्रयास नेपालका बरिष्ठ सदस्य रेष्टन कँडेलले बालबलिकाहरुको शैक्षिक सुधारमा प्रयास नेपाल छुट्टै योगदान पुर्याएको भन्दै गाउँपालिकाको शिक्षामा सञ्चालित शिक्षामा पहुँच सुनिश्चिता परियोजनाले ठुलो सहयोग पुग्ने बताउनुभयो ।
तालिममा वडा नम्बर ६,८ र १० भित्रका राष्ट्रिय मावि, कोस्राङ आवि, कालिका मावि, जलदेवी आवि, राष्ट्रिय आवि, पञ्चकन्या मावि र पदमचौर आविका गरी ३३ जना शिक्षकहरू सहभागी थिए ।
सहभागी शिक्षकहरुले सिकेको कुरा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रयास नेपालका बरिष्ठ सदस्य कँडेलको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा, शिक्षा विकास तथा समन्वय ईकाई धादिङका निमित्त प्रमुख श्रेष्ठको प्रमुख आतिथ्य तथा चाईल्ड फण्ड जापानका एरिया म्यानेजर सुनारको विशेष आतिथ्य रहेको थियो ।
बालमैत्री कक्षा शिक्षणको तालिम ३ चरणमा संचालन हुनेछ । आईतवारबाट शुरु भएको पहिलो चरणको तालिम आज सकिएको हो भने दोस्रो चरणको बिहिबारदेखी र तेस्रो चरणको सोमबारदेखी हुने प्रयास नेपाल धादिङका फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाङले जानकारी दिनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |