रुवीभ्याली । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकास्थित सेर्तुङमा मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम अन्तरगत बृहत निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
धादिङ अस्पतालको आयोजना तथा रुवीभ्याली गाउँपालिकाको व्यवस्थापनमा रुवीभ्याली ग्रामिण अस्पताल सेर्तुङमा प्राविधिक सेवा सहितको बृहत स्वास्थ्य शिविर सुरु भएको छ ।
शिविरको पहिलो दिन ३ सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ । जसमा १ सय ७ जनाको भिडियो एक्सरे, एक सय जनाको इंसिजि, ३१ जनाको दन्त रोग र ६२ जनाको जनरल स्वास्थ्य परिक्षण गरिएको धादिङ अस्पतालका सिअहेव अधिकृत कृष्णलाल उप्रेतीले जानकारी दिनुभयो ।
स्वास्थ्य परिक्षण गरिएकाहरुलाई रोगको प्रकृति हेरी आवश्यक औषधि समेत वितरण गरिएको बताउनुभयो ।
स्वास्थ्य शिविर आज पनि सञ्चालन हुने छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |