धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङमा रहेको बेवारिसे मोटरसाईकल तथा स्कुटरको लिलामी गरिएको छ ।नेपाल प्रहरीले जिल्लामा पहिलो पटक बेवारिसे मोटरसाईकलको लिलामी गरेको हो ।
विभिन्न चेकजाँचको क्रममा तथा अन्य अवस्थामा बेवारिसे अवस्थामा फेला पारेको १ सय ९० मोटरसाईकल र स्कुटर लिलामी गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
लिलामीका लागि विभिन्न ५ ओटा सप्लायर्सले टेण्डर हालेकोमा समित एक्सपा सेन्टरले टेण्डर पारेको हो ।नेपाल प्रहरीको हेडअफिसको स्विकृतिमा भ्याट बाहेक ७ लाख ९१ हजारमा पत्रु मोटरसाईकल लिलामी गरिएको मिश्रले बताउनुभयो ।
लिलामी गरिएको मोटरसाईकल र स्कुटर पत्रु बनाएर सप्लायर्सले आज लगेको हो । मुद्दामा रहेको मोटरसाईकल तथा स्कुटर र अन्य सवारी साधन भने लिलामी गरिएको छैन ।
लिलामीमा लगिएको मोटरसाईकल र स्कुटर पुरानो नम्बरमा प्रयोग गर्न नपाइने प्रहरीले जनाएको छ। तस्विर:सिताराम अधिकारी
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |