धादिङ,१६ भदौ।
उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नं ४ स्थित बोराङ डाँडामा शिवको मूर्ति स्थापना गरिएको छ।
शुक्रबार एक कार्यक्रमका बिच सिद्ध योगी बाबा श्री १००८ परमहंस कालीदासजी महाराजले ७ सय टन तौल भएको ढुंगाबाट निर्माण गरिएको २२ फिट अग्लो शिवको मूर्ति प्रतिस्थापन गर्नुभएको हो।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उपाध्यक्ष तथा सांसद बुद्धिमान तामाङ,पशुपति विकास कोषका सदस्य सचिव मिलन थापा लगाएतको आतिथ्यता रहेको थियो।
रुवीभ्यालीमा पछिल्ला दिनमा चर्चहरू धेरै निर्माण भइरहेको चर्चा चलिरहेका बेला शिवको मूर्ति स्थापना गरिएको हो । पर्यटकीय दृष्टीले महत्वपूर्ण क्षेत्र रुवीभ्यालीमा शिवको प्रतिमा स्थापनासँगै धार्मिक पर्यटकलाई पनि बढाउने विश्वास लिएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |