धादिङ ।धादिङ जिल्ला केन्द्र भएर हिजो आईतबार एकैदिन ४ म्याग्निच्युडभन्दा माथिको सात पटकसम्म भूकम्प गएको छ।
हिजो बिहान ७ बजेर ३९ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिकाको खरी आसपासलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएपछि फेरि ६ पटकसम्म धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
हिजो बिहान ८ बजेर ८ मिनेटमा ४.२, ८ बजेर २८ मिनेटमा ४.३, ८ बजेर ५९ मिनेटमा ४.१ रेक्टरस्केलको परकम्प गएको गयो ।
यस्तै, दिउँसो ४ बजेर ३ मिनेटमा ४.४, बेलुका ५बजेर ३१ मिनेटमा ५ र ५ बजेर ३३ मिनेटमा ५.१ रेक्टरस्केलको परकम्प गएको केन्द्रले जनाएको छ ।
यी सबै परकम्पको केन्द्रबिन्दु धादिङ जिल्ला नै रहेको थियो ।
भूकम्पका कारण आठ वटा घरमा पूर्ण क्षति भएको छ भने ५१ वटा घरमा आशिंक क्षति भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार सबै भूकम्प २०७२ सालमा गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प रहेको छ ।
ठूलो भूकम्प गएपछि त्यसको परकम्प कहिलेसम्म रहन्छ भन्ने यकिन नहुने उहाँले बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |