धादिङ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन धादिङको अध्यक्षमा रेशम भण्डारी चयन हुनुुभएको छ ।
धादिङबेशीमा शनिबार भएको संगठनको दोश्रो जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
संगठनको उपाध्यक्षमा नारायण तिमल्सीना, गणेशबहादुर थापा, सचिवमा शालिकराम दुवाडी, उपसचिवमा कालु गुरुङ, जित बहादुर सिंखडा र कोषाध्यक्षमा सुुब्बा श्रेष्ठ सर्वसम्मत चयन हुनुुभएको छ ।
यसैगरि सदस्यहरुमा बसन्तराज घले, रमेश कँडेल, ठाकुर धमला, रामबहादुर गुरुङ, सुन बहादुर गुरुङ, डम्बर बहादुर थापा, रामकृष्ण अधिकारी, पदम बहादुर घले, तार्केल गुरुङ, सुनबहादुर तामाङ चयन हुनुुभएको संगठनको केन्दीय सचिव सुुधिर थापाले जानकारी दिनुुभयो।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रीय अध्यक्ष बिनोद पाण्डेको प्रमुुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, सचिव राधिका सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |