काठमाण्डौ ३ मंसीर । तपाईंसँग मतदाता परिचयपत्र छैन ? हराएको छ वा कतै छुटाउनुभएकाे छ ? त्यसैले भोट कसरी हाल्ने भन्ने चिन्तामा हुनुहुन्छ ? यदि त्यसो हो भने चिन्ता नलिनुस् । निर्वाचन आयोगले आफ्नो फोटो भएको परिचयपत्र देखाएर पनि भोट हाल्न सकिने जनाएको छ । तर त्यसको लागि मतदाता नामावलीमा आफ्नो नाम भने दर्ता भएकाे हुनुपर्छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचय पत्र बोकेर जानसक्ने बताउनुभएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |