धादिङ,२३ जेठ ।
धादिङको सिद्धलेक गाउँपालिका वडा नंं ५ का महिलाहरुलाई लक्षित सिलाई कटाई तालिम संचालन भइरहेको छ ।
सिद्धलेक गाउँपालिकाको आयोजना तथा नेपाल उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोगमा गत वैशाख ६ गतेबाट ३ सय ९० घण्टे आधारभुत सिलाई कटाई तालिम संचालन भइरहेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० को गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सिलाई कटाई तालिम सञ्चालन गरिएको वडा नं ५ का वडा अध्यक्ष बुधे घलेले बताउनुभएको छ।
तालिम लिए पश्चात् महिला दिदिबहिनीहरु स्वरोजगार र आत्म निर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पु¥याउने वडाध्यक्ष घलेको भनाई छ ।
समद्ध सिद्धलेक, उज्यालो सिद्धलेक भन्ने मुल नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत संचालन भएको ६५ दिने सिलाई कटाई तालिममा वडा नं ५ का २१ जना महिलाहरु सहभागी छन् ।
तालिमको प्रशिक्षकका रुपमा शान्तमाया श्रेष्ठ हुनुहुन्छ । तालिम असार ८ गतेसम्म संचालन हुनेछ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |