धादिङ ४ मंसिर । यही पुष ७ गतेदेखि १७ गतेसम्म धादिङवेसीमा संचालन हुने आठौं धादिङ महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सवलाइ सभ्य र भब्य हिसावमा सम्पन्न गर्नको लागि विभिन्न २३ वटा उपसमितिहरु बनाएर काम गरिरहेको मुल आयोजक समितिले तयारीलाइ तीव्र पारेको छ । विषयगत जिम्मेवारी पाएका उपसमितिहरुले आफ्नो समितिको काम ९० प्रतिशत भन्दा माथी सकिएको जानकारी दिएका छन् ।
महोत्सव स्थल धादिङवेशी खुल्ला मञ्चमा यति बेला धमाधम स्टल निर्माणको काम भइरहेको छ । स्टल निर्माण संगै रमाइलो मेला का सामाग्रीहरु पनि जडान कार्य भइरहेको स्टल निर्माण तथा स्थान ब्यवस्थापन समितिका संयोजक नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा कृषि उत्पादन स्टल, डेरी स्टल, इलेक्ट्रोनिक्स÷सुचना प्रविधी स्टल, विभिन्न औद्योगिक तथा व्यापारिक सामाग्रीको प्रदर्शनी एवं विक्रिका स्टल, स्थानीय घरेलु तथा हस्तकला उत्पादनको प्रदर्शनी एवं विक्रि स्टल तथा स्थानीयतहको उत्पादनको स्टल गरी १ सय २० भन्दा बढी स्टल रहने संयोजक श्रेष्ठले जानकारी दिनुभयो । धादिङ उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सवमा मुख्य प्रायोजकको रुपमा हिमालयन ब्रुअरी प्राइभेट लिमिटेड रहको छ भने महोत्सवमा १० करोड भन्दा वढीको कारोवार हुने र ३ लाख भन्दा बढीले हेर्ने अपेक्षा गरिएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |