धादिङ । नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउनेखोला नजिक भएको मिनीट्रक दुर्घटनाका घाइतेहरुको उपचारको खर्च विवरणसँगै अभियानबाट संकलन भएको रकम सार्वजनिक गरिएको छ ।
दुर्घटना पश्चात नीलकण्ठ–५ का वडा अध्यक्ष राम कुमार श्रेष्ठको नेतृत्वमा संचालन गरिएको उद्दार, उपचार तथा आर्थिक संकलन अभियानबाट दुर्घटनाका घाइतेहरु तथा मृतक परिवारका लागि २५ लाख भन्दा बढी सहयोग संकलन भएको जानकारी दिईएको छ ।
सोमबार धादिङबेशीमा पत्रकार सम्मेलन गरी वडामा कृयाशिल राजनीतिक दल, सामाजिक अभियान्ताहरु,देश बिदेशमा रहेका नेपाली, विभिन्न सामाजिक संस्था र गाउँबासीको सहयोग र पहलमा संकलन भएको रकम सार्वजनिक गरिएको हो ।
अहिलेसम्म बैक खातामा १५ लाख ३४ हजार चार सय ९१ र नगद १० लाख १५ हजार नौं सय ७३ गरी २५ लाख ५० हजार चार सय ६४ रुपैंया संकलन भएको वडा अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
दुर्घटनामा परेका नौं जना मध्ये चार जनाको मृत्यु भइसकेपनि अहिले पाँच जना घाइते अवस्थामै उपचाररत छन् ।
दुर्घटनामा परि घाईते भएकाहरु मध्ये १४ वर्षिय कृष्ण रम्तेलको काठमाण्डौं स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ भने सुदिप मजकोटी, हिरा रम्तेल, बिमल मजकोटी, सुजन रम्तेल उपचारपछि घर फर्किएका छन् ।
बाँकी रहेको रकमले थप उपचारमा सहयोग गर्ने र त्यसपछि पनि केही रकम बाँकी बस्यो भने घाइते र मृतकका परिवारसँगकै सल्लाह अनुसार निर्णय गरिने वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।
पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको बा ३ ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको थियो । दुर्घटनामा परि सन्तोष रम्तेल, गोपी रम्तेल, विष्णु श्रीमल र प्रितम मजकोटीको मृत्यु भएको थियो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |