२ फाल्गुन काठमाडौं– यातायात मजदुर र व्यवसायीले घोषणा गरेको आन्दोलन स्थगित भएको छ। यातायात मजदुर व्यवसायीका नेताहरूसँग मंगलबार बिहान सिंहदरबारमा भएको वातापछि आन्दोलन स्थगित गरिएको हो। मंगलबार बिहान भएको वार्तापछि तत्काल आन्दोलन फिर्ता लिएर कार्यदलमार्फत सहमति गर्न व्यवसायीहरु सहमत भएका हुन्।
यसअघि यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजगत्वमा बनेको कार्यदलमा मजदुर संघका सदस्यहरु थपिएको छ। नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले सोमबार नयाँ बसपार्क क्षेत्रमा तोडफोड र आगजनी गरेको थियो। लगत्तै आज विहानैदे उपत्यकाको सार्वजनिक यातायात ठप्प पारेका थिए । आन्दोलन फिर्ता लिएसँगै मजदुरहरुले सार्वजनिक सवारी चलाउन थालेका छन् ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |