सीताराम अधिकारी
धादिङ। आफ्नो छोरी भगवान् हो । नाबालक छोरीलाई जबरजस्ती करणी गर्ने कुरा त राक्षसी समाजमा समेत थिएन। तर, धादिङका केही घटनाहरु बाहिर आएको छ ।
आफ्नै बाबुले छोरीलाई करणी गरे भन्ने सुन्दा आश्चर्य लाग्छ । यस्तो मानिस कसैले देख्यो भने बाटो हिँड्दा समेत अलछिना लाग्छ भन्ने गरिन्छ तर धादिङमा यस किसिमको घटना भएको छ ।
१६ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ४९ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।
पटक पटक बाबुले बलात्कार गरे । प्रतिकार गरेपछि छोरीको दुबै हात जलाइ दिए । कानको लोति चक्कुले चिरिदिए बाबुको यातनाले यति त्रसित छन् कि बाबुले गरेको बलात्कार र यातनाबारे बताउने साहस समेत उनीसँग छैन ।
बाबुबाट बलात्कृत भएपछि उनी गर्भवती भएकी छिन् । यो घटना पटक पटक आमालाई सुनाउँदा समेत आमाले छोरीलाई वेश्याको आरोप लगाइन् । बाबुबाट असुरक्षित छोरीले आमाको सहारा खोज्दा समेत यस किसिमको आरोप लागेपछि जिल्ला अदालत धादिङको आदेशबाट १९ हप्ताको गर्भपतन गराएपछि उनी बालिका सुरक्षित आवास गृहमा आइपुगेकी छन् ।
पीडितलाई परिवारले सुरक्षित राख्नुपर्छ । समाजले सुरक्षाका लागि सघाउनुपर्छ । परिवारको बाबुबाट बलात्कृत हुनुपरेको पिडा, आमाले सहयोग नगरेपछिको विक्षिप्त अवस्था र छिमेकी र समाजले गाउँ निकाला गर्न दिएको दबाबका कारण एउटा पीडित एउटा संस्थाले सञ्चालन गरेको सुरक्षित आवास गृहमा पुग्नुपर्ने बाध्यता आयो ।
तिनवर्ष अघि काकाले जबरजस्ती करणी गरे । पटक पटक जबरजस्ती करणी गरेपछि १३ वर्षीया बालिका विक्षिप्त भइन् । आमाको सहयोगमा प्रहरीमा उजुरी भयो । अपराध साबित भयो आरोपित काका कसुरदार ठहरिए । मुद्दा फैसला भएर जेलमा छन् ।
उनी र उनी जस्तै पिडा खेपिरहेका सुरक्षित आवास गृहमा बसिरहेका अन्य चार जना बाललिकाहरुको अवस्था पनि उही छ । संरक्षण र सुरक्षा दिनुपर्ने परिवारकै सदस्यले बलात्कार गरेपछि घर परिवारसँग बसेर भविष्यको लागि योग्य बन्नुपर्ने समयमा पिडाका बिच सुरक्षित आवास गृह खोज्नुुपर्ने अवस्थामा छन्।
अपराध गर्नेहरुलाई सरकारले एकदमै राम्रो हिरासत कक्ष, राम्रो जेलमा राखिन्छ । सिदाको बारेमा चासो हुन्छ । औषधी उपचारको राम्रो प्रबन्ध छ । स्वास्थ्य सेवाका लागि जेलसँगै स्वास्थ्यकर्मी र औषधी समेत व्यवस्था छ ।
जेलमा सिप सिक्ने अवसर र काम गरेर आम्दानी गर्ने अवसर रहेको छ तर सरकार एउटा पीडितका लागि भने उनीको आवास, खाना, शिक्षा तथा सीपका बारेमा बेखबर रहने गरेको सुरक्षित आवास गृह संचालन गरि रहनुभएका सहयात्री समाज नेपालका कार्यकारी निर्देशक राधिका सापकोटा बताउनुहुन्छ ।
सरकारले सुरक्षित आवास गृह सञ्चालन गर्ने, पीडितका लागि न्याय, शिक्षा तथा सीप विकासका लागि समेत विशेष किसिमको पीडित पक्षीय न्याय प्रणाली लागु गर्नु पर्ने अधिकारकर्मी सहयात्री समाजका अध्यक्ष गीता खनालको भनाइ छ ।
न्यून सरकारी सहयोगका कारण सुरक्षित आवास गृह सञ्चालन गर्न कठिन भएर चन्दा उठाएर र केही दाताहरुले दिएको थोरै रकमबाट कठिनसंग धादिङबेसीमा सहयात्री समाज नेपालले सुरक्षित आवास गृह सञ्चालन गरिरहेको खनालको भनाइ छ ।
यसबाहेक धादिङबेसीमा पीडित नराखीकन सुरक्षित आवास गृह सञ्चालन गरेको भनेर सरकारको अनुदान खाने गरेको गुनासो समेत आइरहेको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |