धादिङ । अमेरिकाको टेक्ससमा जारी युएस ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा धादिङको नीलकण्ठ नगरपालिका–१३ लाहुरे गाउँकी एरिका गुरुङले स्वर्ण पदक जितेकी छिन्।
नेपालकी कराते स्टार एरिकाले जारी प्रतियोगितामा यू–२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन्।
फाइनलमा उनले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गरेकी हुन्।यस्तै एरिका युएस ओपन अन्तर्राष्ट्रिय करातेको ६८ केजी माथि (सिनियर) खुलातर्फ पनि फाइनलमा पुगेकी छन्।
गत असोजमा चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल भएकी थिइन् ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |