धादिङ,भाद्र १२ गते
यो वर्ष समयमै मनसुन सुरु भएसँगै धान खेति गर्ने किसानहरुले समयमा धान खेति गरे पनि रसायनिक मल युरिया नपाउँदा धान खेति गरेका किसानहरु चिन्तित भएका छन् । धान रोपिसकेपछि पोटास , डिएपी र युरिया मलको प्रयो गर्ने गर्दछन् । धान बालिको लागी अत्यावश्यक युरीया मल धान उत्पादनको अन्तिम चरणमा बालि राम्रो बनाउन र उत्पादन बढाउनको लागी किसानहरुले प्रयोग गर्ने गर्दछ । यो मल किसानहरुले विशेष गरि साउनदेखि असोज महिना सम्म यो मलको प्रयोग गर्ने गरेको पाइन्छ । तर यस बर्ष किसानहरुले यो समयमा आवश्यक मल नपाउँदा किसान अत्यान्तै चिन्तित बनेका छन् । जिल्ला कृषि विकास कार्यालय धादिङबाट रासायनिक मल वितरणको लागि स्विकृत लिएका सहकारी संघ–संस्थाहरुले भने जिल्लामा मल आपूर्ति गर्ने साल्टट्रेडिङ कर्पोरेशन प्रा.लि. कालिमाटि ,काठमाडौं र कृषि सामाग्री वितरण केन्द्र गजुरीले मल उपलब्ध नगराएका कारण किसानको माग अनुसार किसानहरुलाइ मल उपलब्ध गराउन नसकेको जनाएका छन् । सदरमुकाम धादिङ बेसिमा विगत २०१८ सालदेखि रसायनिक मलको विक्रि ,विगरण गर्दै आइरहेको नीलकण्ठ सहकारी संस्था लि. (साझा) ले भने यो आर्थिक बर्षमा कति पनि रसायनिक मल नआएको र अघिल्लो आर्थिक वर्षको स्टक २१ टन युरिया , २१ टन डिएपी मल र २.५ टन पोटास विक्रि वितरण गरिएको नीलकण्ठ सहकारी संस्था धादिङका व्यावस्थापक हरि प्रसाद रिजालले जानकारी दिनुभयो । यस आर्थिक वर्षको साउन र भाद्र महिनामा करिब ८८ टन मलको माग भएको उहाँले बताउनुभयो । साथै अघिल्ला वर्षहरुमा सामान्य अभाव भए पनि यो वर्ष जस्तो धेरै अभाव नभएको उहाले बताउनु भयो ।
अघिल्लो आर्थिक वर्ष ०७४÷०७५ मा धादिङ जिल्लाको लागी कुल ४ हजार ५२ मेट्रिकटन युरिया मल १ हजार ३ सय २९ मेट्रिकटन डिएपी र १ सय ३८ मेट्रिकटन पोटास मल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, काठमाडौबाट उपलब्ध गराएको थियो । यो आर्थिक वर्षमा भने रसायनिक मलको आपूर्ति गर्नेे कृषि सामाग्री वितरण केन्द्र गजुरी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड कालिमाटि, काठमाडौंले भने भारतबाट आउनुपर्ने मल नआएकाले मल उपलब्ध गराउन नसकेको र अव भने मल खरिद प्रकृया पुरा भएकोले छिट्टै मल उपलब्ध गराउने बताएका छन् । यता मल समयमा नै नपाएका धान खेति गर्ने किसानहरु भने यो वर्ष समयमा नै धान बालि लगाए पनि मल हाल्न नपाएका कारण उत्पादनमा कमि आउनुका साथै किसानहरुलाइ धेरै घाटा हुने बताएका छन् । साथै नजिकको सहकारी कार्यालयमा दिनहुजसो आउँदा पनि मल नआएका कारण मल नपाएको र धान बालिको लागि अब पनि मल नआए ढिलो हुने हुँदा किसानहरु चिन्तित भएका छन् ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |