धादिङ । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले विग्रीएको राजमार्गमा हुने अवरोध तत्काल हटाउन निर्देशन दिनुभएको छ ।
बुधबार धादिङबेसीमा प्रमुख जिल्ला अधिकारी पाण्डेले राजमार्ग निर्माणको क्रमका ठेकेदार कम्पनी, सडक विभाग इन्जिनियर, आयोजना हेर्ने कर्मचारी, ट्राफिक, नेपाल प्रहरी समेतको सहभागितामा बैठक आयोजना गरी सातदिनभित्र विग्रीएको संरचना बनाउन र राजमार्गमा हुने अवरोध तत्काल हटाउन निर्देशन दिनुभएको हो ।
वर्षातपछि बन्द भइरहने राजमार्ग क्षेत्रको सडक फराकिलो बनाउनका लागि भइरहेको काम अस्तव्यस्त हुँदा यात्रुले पाइरहेको सास्तीलाई कम गर्न ठेकेदार कम्पनी र सडक विभागलाई निर्देशन गरिएको हो ।
प्रजिअ पाण्डेले नागढुंगा नौबिसे, मलेखु मुगलिन सडक फराकिलो पार्नेगरि भएको निर्माणको क्रममा ठेक्कामा भनिए अनुसार नियमित यातायात संचालन हुनेगरि निर्माणको काम हुनुपर्नेमा कहीँ कतै अवरोध भएमा र यात्रुले सास्ती पाएमा कारबाही गरिने बताउनुभयो ।
बैठकमा ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरिक्षक रबिन्द्र कुमार श्रेष्ठले राजमार्ग निर्माणको क्रममा ट्राफिक संकेतहरु विग्रिएर पुरै नष्ट भएकोले दिनानुदिन दुर्घटना हुने गरेको बताउनुभयो । यस महिनामा मात्रै ट्राफिक संकेत नभएका कारण राजमार्गमा ७ ओटा दुर्घटना भएको श्रेष्ठले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेले सडक निर्माण गर्दा भएको दुखले गर्दा हरेक दिनजसो यात्रुहरु जाममा पर्ने, प्रहरी सडकमा उभिनु परेको र निर्माण कम्पनीले वेवास्ता गर्दा समस्या झेलेर दुखपाइरहेको गुनासो बताउनुभयो ।
बैठकमा सवारी चालकले लेन अनुसासन कायम गर्नु पर्ने नगरेमा प्रचलित कानून अनुसार कारबाही गरिने, सडक जाम भएको समयमा लेन अनुसासन कायम नगर्ने पटके समेत भएका चाललाई प्रचलित कानून बमोजिम पक्राउ गरेर हिरासतमा राखि कारबाही गर्नुपर्ने, यात्रुलाई अन्य सवारी खोजेर पठाउने र यसबापतको खर्च कारबाही गरिएका चालकले तिर्नुपर्ने खालको कडा तरिकाले प्रस्तुत हुन प्रहरीलाई आग्रह गरिएको थियो ।
निर्माण कम्पनीले राजमार्गका सडक निर्माणको क्रममा भएको खाल्डाखुल्डी पुर्ने र सम्याउने, बैरेनी गल्छीमा पानी पर्नासाथ हुने सडक जाम हटाउन पानी कटाउने, तत्काल ग्राभेल हालेर सम्याउने र ३ दिनभित्र सडकमा हुने हिलो समेत हट्ने वातावरण बनाउने, सडक सुरक्षाका लागि आवस्यकता अनुसार ट्राफिक संकेतहरु ट्राफिक प्रहरीको सल्लाह अनुसार राख्ने र सडकमा वर्षाको समयमा पहिरो जाने सम्भावित ठाउँहरु पहिचान गरि उपकरणहरु र चालकहरु आवश्यकता अनुसार परिचालित हुनसक्ने गरि बस्ने व्यवस्था गर्न हस्ताक्षर समेत गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले राजमार्ग अवरुद्ध हुनेगरि निर्माण कार्य नगर्न निर्देशन दिँदै आवश्यक र गर्नै पर्ने काम नगरेका कारण राजमार्ग बन्द भएमा निर्माण कम्पनीलाई प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |