धादिङ । राजस्व चुहावट मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ वेनिघाट रोराङ गाउँपालिका-५ की न्यू समिक्षा सप्लायर्सकी प्रोप्राइटर २९ वर्षीया कुमारी गुरूङ र पर्सा वीरगंज महानगरपालिका-८ का सोही सप्लायर्सका बैंक खाता संचालक ४१ वर्षीय प्रदिप कुमार गुप्ता रहेका छन् ।
उच्च अदालत पाटनको २०७९ भदौ २५ गतेको फैसलाले राजस्व चुहावट मुद्दामा जनही १र१ वर्ष कैद र १२ करोड १० लाख ३६ हजार ५ सय ३० रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले चितवन भरतपुरबाट बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूले न्यू समीक्षा सप्लायर्स नामको फर्म दर्ता गरी एकआपसमा मिलोमतो गरी मालवस्तु खरिद बिक्री नगरी नक्कली कर बिजक जारी गरी संकलन भएको मूल्य अभिवृद्धि कर र आम्दानीमा कानून बमोजिम तिर्नुपर्ने आयकर रकम समेत नतिरी राजस्व चुहावट गरेकोमा अदालतले उनीहरू विरूद्ध उक्त कैद तथा जरिवाना सजाय फैसला गरेको थियो ।
उनीहरूलाई फैसला कार्यावन्यनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |