धादिङ,१२ ज्येष्ठ ।
धादिङ राष्ट्रिय परिचयपत्रको अनलाईन आवेदन फाराम अब जिल्ला प्रशासन कार्यालयबाटै हुने भएको छ ।
शुक्रबार प्रशासनले एक सूचना जारी गर्दै प्रशासनमा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन आउने सेवाग्राहीले बाहिरबाट अनलाईन फाराम भरी आउँदा थप रकम तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न र सेवाग्राहीलाई छिटो, छरितो तथा सुलभ रुपमा सेवा उपलब्ध गराउन जेठ १५ गतेदेखी जिल्ला प्रशासन कार्यालयको हाताभित्रबाटै अनलाईन आवेदन फाराम भरिदिने व्यवस्था गरिएको जनाएको छ ।
प्रशासनले वडाको सिफारिस भएको विषयमा थप निवेदन आवश्यक नपर्ने पनि व्यवस्था गरेको छ । बिहिबारमात्रै एक सूचना निकालेर सेवाग्राहीलाई दोहोरो निवेदन लेख्ने झन्झट हुन नदिन, निवेदन लेखाउन थप रकम तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न र सेवा प्रवाहलाई छिटो छरितो र सरल बनाउन स्थानीय तहका वडा कार्यालयहरुबाट सिफारिस भई आएका विषयमा थप निवेदन लेख्नुपर्ने अवस्थाको अन्त्य गरिएको जनाएको छ ।
वडाको सिफारिस भएका विषयमा निवेदन लेखिरहनु नपर्ने भएपनि त्यसका लागि आवश्यक कागजात भने अनिवार्य रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्धारा जारी सूचनामा भनिएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |