धादिङ,०२ ज्येष्ठ।
सांसद राजेन्द्रप्रसाद पाण्डेले राहदानी विभाग, यातायात र मालपोत कार्यालयलाई व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले राहदानी विभाग, यातायात कार्यालय लगायत ड्राइभिङ लाइसेन्स लिने ठाउँ, मालपोत कार्यालयलाई व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभएको हो ।
यी क्षेत्रहरुमा समयमै ध्यान नपु¥याए कुनै पनि बेला दुर्घटना हुनसक्ने अवस्था रहेको भन्दै पाण्डेले सरकारको ध्यानाकर्षण गराउनुभयो। साथै यस बिषयमा उनले सरकारको जवाफ समेत माग गर्नुभएको छ ।
साथै सांसद पाण्डेले संसदीय समितिले दिएका निर्देशन कार्यान्वयन गराउने किसिमबाट दिनुपर्नेमा जोड दिनुभयो । पाण्डे धादिङ प्रतिनिधि सभा क्षेत्र नं १ बाट निर्वाचित नेकपा एकिकृत समाजवादीका सांसद हुनुहुन्छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |