धादिंग , बढ्दो आधुनिकतासंगै प्रविधिको प्रयोगका कारण लोपहुदै गएको वडादशै पर्वसंग सास्कृतिक महत्व जोडिएको लिंगे र रोटे पिंङ बिस्तारै लोप गएकोमा सामाजिक अगुवाहरुले चासो देखाएका छन् । सामाजिक अगुवाहरुले स्थानीय सरकारले पुराना संस्कृति जोगेर्नाका लागी ध्यान दिएको पाइएको छैन । स्थानीय सरकारले ध्यान नदिएकोमा सामाजिक अगुवाहरुले सरकारमा बसेकाहरुको ध्यानाकर्षण समेत गराउदै पुराना संस्कृति जोगेर्नाका लागी स्थानीय सामाजिक अगुवाहरु लागेका छन् । धादिङको गल्छी र सिद्धलेक गाउँपालीकाका युवा सामाजिक अगुवाहरुले वडादशै पर्वसंग सास्कृतिक महत्व जोडिएको लिंगे र रोटे पिंङ बिस्तारै लोप हुन थालेको भन्दै उनिहरु यसको संरक्षण र जर्गोनामा जुटेका हुन् । लिंगे र रोटे पिंङ लोप हुदै गएकोमा यस वर्षको वडादशैमा भने गाँउ गाँउमा नै निर्माण गरेका छन ।
हिन्दुहरुको महान पर्व वडा दशैको महत्वसंगै जोडियको लिङ्गे पिङ बढ्दो आधुनकितासंगै लोप हुदै गएको थियो । तर यस वर्ष भने संस्कृतीको जगर्ने गर्ने भन्दै हरेक गाँउ गाँउमा काठबाट बनाईएको रोटे,जाँते लगाएत र लिङ्गे पिङ बनाईएको छ । मनोरञ्जनका साधनको रुपमा विषेस गरी वडादशैको समयमा गाँउघर तिर बावियोकोको डोरी बाटी सामुहीक रुपमा लिङ्गे पिङ बनाउने चलन पुर्खौदेखी रहदै आएको थियो । यसो त काठबाट वनाईने रोटे पिङ्ग बनाउनका लागी भने विषेस सिप भएको मानिसहरु र साल काठको आवाश्यक पर्ने र अहिलेको युवा पुस्तामा त्यस्ता खालका सिप भएको मानिसहरुको कमी र काठको अभाबका कारण पनी रोटेपिङ लोप हुदै गएको स्थानीय बुढापाकाहरुको भनाइ छ ।
धादिङको गल्छी गाउँपालीका स्थित वडा नम्वर– ६ भने परंपराको जगेर्ना गर्नु पर्छ भन्दै गल्छी गाउँपालीका महेशदोभानमा रोटेपिङ निर्माणका लागी लाग्ने सम्पुर्ण खर्च उपलब्ध गराएको हो । शिद्धलेक गाउँपालीकामा पनी हरेक गाँउमा युवाहरु जुटी आपसी सहयोगमा नै पिङ्ग निर्माण गरेका छन् । काठको बलीयो खाँवो र काठकै पिर्काहरुको प्रयोग गरी जाँते र रोटे पिङ बनाईन्छ । रोटे पिङ्ग लिङ्गे पिङ्ग भन्दा निकै खर्चिलो पनी हुन्छ ।
खास गरी दशैँ टिकाको दिन मान्यजनहरुको हातबाट टिका जमरा ग्रहण गरे पछी नयाँ कपडा लगाई एक पटक धर्ती छाड्नु पर्छ भन्ने मान्यता समेत चलेकोले पिङ्गको महत्व वडा दशैसंग स्थानीय बुढापाकाहरुको भनाइ छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |