धादिङ,०९ श्रावण।
धादिङमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट ३ सय बढि पशुचौपाया मरेका छन्।
हालसम्म १० हजार ७२९ पशुचौपायामा सङ्क्रमण पुष्टि भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले धादिङ आवाजलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाको १३ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ ।हालसम्म १०५ गाई, २१ भैँसी, १२३ गोरु र ५० बाच्छाबाच्छी तथा पाडापाडी मरेका छन् ।त्यस्तै ५ हजार ५७२ गाई, ६४१ भैँसी, ३ हजार ८७२ गोरु र ६४४ बाच्छाबाच्छी तथा पाडापाडी सङ्क्रमित भएका छन् ।
लम्पी स्किन विशेषगरी गाई, गोरु, साना बाच्छाबाच्छीमा बढी देखापरेको डा. सिलवालले बताउनुभयो।उहाँको अनुसार झिँगा, भुसुना, लामखुट्टे र विभिन्न कीराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वरो आउने, फोका निस्कने, गाँठागुठी आउने, पशु वस्तुलाई कमजोर बनाउने लक्षण देखा पर्छन् ।
जैविक सुरक्षामा ध्यान दिएन भने यसले झन विकराल समस्या देखिन सक्ने उहाँको भनाइ छ । यो रोगको सङ्क्रमण फैलिन नदिन गोठवरपर सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउनु पर्ने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सिलवालको सुझाव छ ।
यो रोगबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |