धादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा भएको वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सिद्धलेक–२ नलाङले हात पारेको छ ।
आज भएको फाइनलमा मनकामना समाज सुधार युवा क्लबलाई ३–१ को सेटमा पराजित गर्दै सिद्धलेक–२ नलाङले उपाधि जितेको हो।
नयाँ बर्ष २०८१ को पावन अवसरमा सिद्धलेक वडा नं ३ को सहयोग तथा मनकामना समाज सुधार युवा क्लबद्धारा आयोजित वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेसँगै सिद्धलेक–२ ले नगद ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र पाएको छ।
उपविजेता मनकामना समाज सुधारले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ ।
तेस्रो स्थानका लागि भएको खेलमा साईनिङ स्पोर्टस क्लबलाई हराउँदै आरुघाट–१ गोरखाले नगद २० हजार रुपैयाँसहित मेडल, ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ ।
सिद्धलेक–२ का सन्जित थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।
प्रतियोगिताको वेस्ट स्पाइकर मनकामनाका निशान त्रिखत्री, वेस्ट वलकर सिद्धलेक–२ का सितल गुरुङ भए भने वेस्ट लिप्टर सिद्धलेक–२ का शम्भु अर्याल र बेस्ट सर्भर आरुघाट–१ गोरखाका सुकेश गुरुङ घोषित भएका छन्।
प्रतियोगितामा धादिङ र गोरखाका १० वटा टिमहरुको सहभागिता थियो।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण बागमती कलमको आधिकारीक फेसबुक पेजबाट गरिएको थियो ।
मनकामना समाज सुधार युवा क्लबका अध्यक्ष भिम बहादुर थापा मगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यता, वडा नं ३ का वडाध्यक्ष देव बहादुर पुलामी, वडा नं ५ का वडा अध्यक्ष बुधे घले, भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ(तिलक) लगाएतको विशेष आतिथ्यता रहेको थियो ।
समापन कार्यक्रममा प्रतियोगिताको लागि सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान गरिएको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |