धादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
नयाँ बर्ष २०८१ को पावन अवसरमा वडा नं ३ को सहयोग तथा मनकामना समाज सुधार युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा आयोजक मनकामना समाज सुधार ‘ए’ र ‘बि’ ले विजयी सुरुवात गरेको छ ।उद्घाटन खेलमा आयोजक ‘ए’ ले नवक्षितिज युवा क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो।
यस्तै आजै भएको दोस्रो खेलमा आयोजक ‘बि’ ले आरुघाट–१ गोरखाको टिमलाई पराजित गर्दै विजयी सुरुवात गरेको राष्ट्रिय भलिबल रेफ्री सोम श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार तथा तेस्रो हुने टिमले २० हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ।
साथै बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्टर ब्लकर, बेस्ट सर्भरलाई सम्मान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता ३ गतेसम्म चल्ने छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |