धादिङ । धुनिवेशी नगरपालिका–६ कालिदेवीथानमा विजुली सर्ट हुँदा एक घरमा आगलागी भएको छ ।
सानुभाई बानियाँको घरमा आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट भएको सानुभाईका श्रीमती कविता बानियाँले बताउनुभयो ।मकै लिन भनेर जादा विजुली सर्ट भएर आगलागी भइरेको र घरसँगै अन्नपात लत्ताकपडा पनि जलेको बताउनुभयो ।
घरमा आगलागी भएको खवर पाउने वित्तिकै दमकल लिएर घटनास्थल पुगेको धुनिवेशी नगरपालिका–६ का वडा अध्यक्ष रमेश आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘कविताको घर बचाउन सकिएन । तर सँगै रहेका अन्य घरहरुमा भने क्षति हुन पाएन, बचाउन सकियो । दमकल नपुगेको भए अन्य घरहरुमा पनि ठूलो क्षति पुग्ने रहेछ ।’
आगलागीबाट घरमा रहेको ६ मुरी धान, ६ मुरी मकै, तीन मुरी कोदो, एक मुरी तोरी, लत्ताकपडा लगायतका सामाग्री जलेर पूर्ण रुपमा नष्ट भएको वडा अध्यक्ष आचार्यले बताउनुभयो ।
पिडित परिवारलाई केही दिनको लागि पुग्ने खाद्यान्न सामाग्रीहरु दिएको वडा अध्यक्ष आचार्यले बताउनुभयो ।तस्विर अर्जुन श्रेष्ठ
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |