धादिङ,०९ ज्येष्ठ।
नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले विदेश जाने युवालाई नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ।
मंगलवार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई ३ महिना नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।
त्यसैगरी काठमाडौँ हुँदै धार्के, मुग्लिन पारी भएर गैंडाकोटसम्म जाने सडक तत्काल निर्माण गर्नुपर्ने र त्यसका लागि बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।
साथै उहाँले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका योजना अगाडि बढाउनुपर्ने बताउनुभयो । निजगढ अन्तरराष्ट्रिय विमानस्थल र बूढीगण्डकी आयोजना निर्माणलाई विशेष जोड दिदै पाण्डेले भन्नुभयो,‘जस्तोसुकै कठिन घडीमा भए पनि राष्ट्रिय गौरवका योजनालाई अघि बढाउनु जरुरी छ ।निजगढ अन्तरराष्ट्रिय विमानस्थल, १२ सय मेगावाट उत्पादन हुनसक्ने जलाशययुक्त बूढीगण्डकी आयोजनालाई आगामी आवको बजेटमा समावेश गर्नु जरुरी छ।’
राजधानी प्रवेश गर्ने नाका नागढुंगा नाका काठमाडौंको सीतापाइलाबाट धार्के निस्कने सडकलाई समानान्तर सडकको रूपमा वारीपारी हुँदै मुग्लिन पारी भएर गैडाकोटसम्म लैजाने सडक निर्माणको नयाँ खाका कोर्नुपर्ने भन्दै यसको बारेमा यसैपालि डिपिआर निर्माण गर्ने प्रस्तावसहित बजेटमा उल्लेख गर्न आग्रह गर्नुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |