धादिङ,२४ भदौ।
आज वीपी कोइरालाको ११०औँ जन्मजयन्ती,नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीमा धादिङसहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
धादिङमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले प्रजातन्त्रवादी प्राध्यापक संघ धादिङको सहकार्यमा “वैचारिक दृष्टिमा बीपी“ विषयक वैचारिक विमर्श कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । कार्यक्रम धादिङबेसीस्थित बीपी स्मृति भवनमा बिहान ११ः३० बजेबाट प्रारम्भ हुने कांग्रेस धादिङले जनाएको छ।
१९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका भ्रातृ सङ्गठनले देशभर कार्यक्रम गर्दैछन्।
जन्मजयन्तीको अवसरमा आजदेखि तीन दिनसम्म वीपी साहित्य महोत्सव हुँदैछ ।केन्द्रीय कार्यालय सानेपामा हुने महोत्सवको उद्घाटन बिहान ९ बजे कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |