धादिङ,२२ श्रावण।
युवा संघ धादिङले हराईरहेका धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ बेनिघाटका शिबकुमार कार्कीको अवस्था सार्वजनिक गर्न माग गरेको छ ।
तीन साता अघि देखि बेपत्ता रहेका ४० बर्षिय कार्कीको खोजीका लागि अविलम्ब पहल गरिदिन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराएको छ ।
आईतबार युवा संघ धादिङका अध्यक्ष सुनिल तामाङको नेत्तृत्वमा गएको टोलीले धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे र प्रहरी उपरिक्षक गौतम मिश्रलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
गएको असार ३१ गते बेलुकी ७.४६ बजेबाट चरौँदीको हुक्का बार रेस्टुरेन्ट बाट एकाएक बेपत्ता भएका कार्की तीन साता सम्म घर,परिवार,आफन्त र अरु कोही संग सम्पर्कमा नआएपछि कार्कीको हत्या भएको हुन सक्ने आशंका गर्दै उनको खोजीमा प्रहरी प्रशासनले चासो नदेखाएको भन्दै प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको युवा संघले जनाएको छ ।
तीन साता सम्म वेपत्ता व्यक्तिको अवस्था पत्ता नलाग्नुले घटना शंकास्पद देखिएको भन्दै खोजतलास, अनुसन्धान र दोषि माथि कारवाही छिटो अघि बढाउन युवा संघले आग्रह गरेको छ ।
कार्किको वास्तविक अवस्था यथाशिघ्र बाहिर ल्याउन र घटनामा संलग्न दोसि उपर प्रचलित कानुन बमोजिम कडा कारवाहि गर्न सम्बन्धित निकाय समक्ष राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङ जोड्दार माग गर्दछ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
कुनै पनि बहानामा अपराधीलाई कारवाही गर्नुको सट्टा झनै प्रोत्साहन गर्ने चेस्टा गरेमा युवा संघ नेपाल धादिङले चरणबद्व शशत आन्दोलनको घोषणा गर्ने समेत ध्यानाकर्षण पत्रमा भनिएको छ ।
कुवेतबाट बिदामा आएका कार्की साउन २२ गते श्रमिकको रुपमा विदेश जाने तयारीमा थिए । असार ३१ गते स्थानीय ३५ वर्षीय इन्द्र कँडेलसँग गते घुम्न हिँडेका थिए ।
बेनीघाट रोराङ गाउँपालिका–५ भैसेंगौंडा स्थित हुक्का बारमा मदिरा सेवन गरी निस्केका कार्की हालसम्म पनि नभेटिएकोले हत्या भएको आशंका गरिएको शिवकुमारका दाजु सोनिज कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले बेनीघाट रोराङ गाउँपलिका–५ की ४० वर्षीया कुमारी तिवारी, सँगै घुम्न हिँडेका र अन्तिमसम्म सँगै होटलमा मदिरा पिएको साथी ३५ वर्षीय इन्द्र कँडेललाई सोधपुछका लागि पक्राउ गरेको छ ।
आरोपितहरुविरुद्ध किटानी जाहेरी हाल दर्ता नभएपनि मानिस हराएकोले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले बताउनुभयो ।
वेपत्ता कार्कि
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |