कप्तान रोहित पौडेलको सानदार शतकको मद्दतमा वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो टि–२० क्रिकेट खेलमा नेपाल ४ विकेटले विजयी भएको छ।
२०५ रनको लक्ष्य पछ्याएको नेपालले २० औं ओभरमा लक्ष्य भेट्टाउँदै जित निकालेको हो।
नेपालका तर्फबाट कप्तान रोहितले ५४ बलमा ११२, दीपेन्द्रसिंह ऐरीले १८ बलमा २४ रन, कुशल भुर्तेलले १२ बलमा १६ र कुशल मल्लले १५ बलमा १६ रनको योगदान दिए।
वेस्ट इन्डिजका तर्फबाट बलिङमा ओवेड मकाइले ४ ओभरमा ३४ रन खर्चिएर २ विकेट, म्याथ्यु फोर्डले २ विकेट र किमो पलले एक/एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको पाहुना टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०४ रन जोडेको थियो। जसमा कप्तान रोस्टन चेसले ४६ बलमा ७४ रन, केसी कार्टीले २० बलमा ३८ रन जोडेका थिए।
नेपालका तर्फबाट कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र कप्तान पौडेलले एक/एक विकेट लिए।
टी–२० क्रिकेट शृङ्खलाकाे दोस्रो खेल भाेलि आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।
नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |