धादिङ पुष १ । धादिङबेशीमा आधारभुत प्राथमिक उपचार सम्बन्धि तालिम सुरु भएको छ । धादिङबेशी स्थित श्रोत साकोसको भवनमा आजदेखि ४ दिने प्राथमिक उपचार तालिम सुरु भएको हो । सहकरीका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा भएको आधारभुत प्राथमिक उपचार तालिम श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.का आयोजना तथा नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको प्राविधिक सहयोगमा संचालन गरिएको हो ।
तालिममा प्राथमिक उपचार, चोट पटक, वेहोशी, कृतिम श्वास प्रश्वास, घाउ र पट्टीको प्रयोग, पोलाई, विष, मेरुदण्डको चोट पटक, घाईते विरामीको उद्वारको बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराईने छ । तालिममा नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्रि तथा प्रशिक्षक नारायण कुमार श्रेष्ठ, कृष्ण प्रसाद अधिकारी, याम प्रसाद कोईराला र लक्ष्मी शाहले सहजिकरण गर्नु भएको थियो ।
तालिममा श्रोत परिचालन सहकारी संस्था लि.का १८ बर्ष देखि २५ बर्ष सम्मका १६ जना शेयर सदस्यहरुको उपस्थिति रहेको युवा तथा बालबालिका उप समितिका संयोजक नविन दुवाडीले जानकारी दिनु भयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |