धादिङ–धादिङबेशीमा आज भएको मैत्रीपूर्ण महिला भलिबल प्रतियोगितामा नीलकण्ठ नगरपालिका खाल्टेको प्रकाश मावि बिजयी भएको छ।
प्रकाश माविले सिद्धलेक गाउँपालिका सलाङघाटको जलेश्वरी माविलाई पराजित गर्दै प्रथम भएको हो।उक्त मैत्रिपूर्ण प्रतियोगितामा धादिङ भलिबल ट्रेनिङ सेन्टर तेस्रो र बेनिघाट रोराङ गाउँपालिका मलेखुको बागेश्वरी मावि सान्तवना भएको छ।
प्रतियोगितामा प्रथम, द्धित्तिय, तृतिय र सान्त्वनाको लागि ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिएको भलिबल संघ धादिङले जनाएको छ। संविधान दिवसको अवसरमा जिल्ला भलिबल संघ धादिङले मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरेको हो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |