धादिङ,१८ असार,
सदरमुकाम धादिङबेसीमा सडक बत्ति मर्मत गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
आइतबार साँझ धादिङबेसीस्थित स्थानीय टोल सुधार संस्थाले जडान गरेको सडक बत्ति मर्मत गर्ने क्रममा नीलकण्ठ नगरपालिका-८ रामकोटका ४५ वर्षीय डम्बर बहादुर लामिछाने मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी(डिएसपी) सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो।
पानी परिरहेको अवस्थामा विजुलीको पोलमा चढेर बत्ति मर्मत गरिरहेका मगर करेन्टले पोलमै १० मिनेट भन्दा बढी समय झुण्डिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
उनी लामो समयदेखि सदरमुकाम धादिङबेसी र आसपासमा विद्युत जडान तथा मर्मतको काम गर्दै आएका थिए।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |