सदरमुकाम धादिङबेशीमा लाखे नाच सुरु भएको छ। आज विहान बिचबजार चोकस्थित गणेश मन्दिरमा लाखेको विधिवत पुजा गरी जात्राको शुभारम्भ गरिएको हो ।
जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्राको अवसरमा नेवार समुदायको संस्कृति, परम्परा र पहिचानलाई मध्यनजर गर्दै आजदेखी परम्परागत शैलीमा लाखे जात्राको सुरुवात गरिएको झिंगु नेवा समाज धादिङका महासचिव राजकुमार श्रेष्ठले बताउनुभयो ।
लाखे जात्रा नेवार समुदायको मौलिक जात्रा हो । यस पर्वलाई जोगाई राख्न विगत वर्षहरुमा पञ्चेबाजा बजाएर मनाइने गरिएपनि हाल नेवार समुदायको आफ्नै बाजा बजाई परम्परागत शैलीमा गरिएको महासचिव श्रेष्ठले बताउनुभयो ।
गाइजात्राको अवसरमा आज दिउँसो १ बजे मृत्यु भएका १० जना नेवार समुदायका मृतकको फोटो सहित गाइ निकालिने र लाखे जात्रा गरिने श्रेष्ठको भनाई छ ।
यसैगरी भोलि १५ गते खेत रोपाइ अभिनय गर्दै लाखेसहित बजार परिक्रमा, भदौ २१ गते श्री कृष्णको रथ यात्रासहित लाखे जात्रा, असोज १ गते हरितालिका तिजको अवसरमा विच बजारमा लाखे नाँच नचाइने र असोज २ गते लाखे जात्रा विधिवत रुपमा समापन गरी लाखे जात्रा मनाइने उहाँले जानकारी दिनुभयो।
नेवार समुदायको जात्रा भएपनि जात्रामा सबैलाई उपस्थित भइदिन झिंगु नेवा समाज धादिङका अध्यक्ष गोविन्द कुमार श्रेष्ठले आग्रह गर्नुभयो । यो जात्रा राष्ट्रिय जात्रा हो ।
तस्विर:
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |