धादिङ,०७ भदौ।
जिल्ला प्रशासन कार्यालय धादिङले सभा,समारोह तथा अन्य कार्यक्रमहरुमा आयातित खादाको प्रयोग नगर्न अनुरोध गरेको छ।
प्रशासनले बिहिबार जिल्लाका १३ वटै स्थानिय तहहरु र सम्पूर्ण सरकारी कार्यालयहरुलाई परिपत्र गर्दै सरकारी निकायहरुबाट हुने बिभिन्न सभा,समारोह तथा अन्य कार्यक्रमहरुमा आयातित खादाको प्रयोग नगर्न आग्रह गरेको हो ।
मुलुकमा पछिल्लो समय राज्यकोष माथिको व्ययभार थपिदै गएको र सार्वजनिक खर्च व्यवस्थापनमा समस्या सृजना भएको अवस्थामा सरकारी निकायहरुबाट हुने बिभिन्न सभा,समारोह तथा अन्य कार्यक्रमहरुमा आयातित खादाको अत्यधिक प्रयोग हुने गरेकोले एकातर्फ अनावश्यक खर्च वृद्धि भएको र अर्कोतर्फ स्थानिय वस्तु तथा उत्पादनको प्रोत्साहन हुन नसकेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्धारा जारी पत्रमा भनिएको छ ।
आगामी दिनमा सार्वजनिक सभा,समारोह तथा कार्यक्रमहरुमाखादाको प्रयोग हटाई सोको सट्टा स्थानीयस्तरमा उत्पादित वस्तुको प्रयोग गरी स्थानीय वस्तुको उत्पादन,प्रवद्र्धन,विविधिकरण र बजारीकरणका साथै वातावरणीय प्रदुषण न्यूनिकरण कार्यक्रममा सहयोग पु¥याईदिन प्रशासनले अनुरोध गरेको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |