पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव भेटिएको छ ।
मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवं नेपाली पत्रकार प्रबल भट्टराईका अनुसार सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि बेपत्ता भएका तामाङको शव पोर्चुगलको राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको हो ।
शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो ।
गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो ।
परिवारको आग्रहमा दुवै जनाको शव नेपाल पठाउन लागिएको र यसका लागि कागजीलगायतका आवश्यक प्रक्रियाको तयारी भइरहेको गैरआवासीय नेपाली संघ पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन उपसमितिकी संयोजक दीपा काफ्लेले जानकारी दिनुभयो।
वैदेशिक रोजगारीको सिलसिलामा चार महिनाअघि क्रोसिया गएका टेकबहादुर एक महिनाअघि मात्रै पोर्चुगल आएका थिए भने धनबहादुर फ्रान्स हुँदै गत वर्ष पोर्चुगल गएका थिए।
दुवैजना मोन्तिजो बस्दै आएका उनीहरु नाताले काका भतिज हुन्।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |