धादिङ,०८ ज्येष्ठ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम सांसद डिपी अर्यालले सरकारको नीति कार्यक्रम खारेजै हुनुपर्छ भन्नु अतिशयोक्ति भएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद अर्यालले नीति कार्यक्रम कामै नलाग्ने भएकाले खारेजै हुनुपर्छ भन्नु अतिशयोक्ति भएको बताउनुभएको हो ।
उहाँले कतिपय बुँदाहरूले आकाशको फल झारिदिन्छौँ भन्ने आश्वासन दिएको भान भएको पनि टिप्पणी गर्नुभयो। उहाँले सदनमा खाली कुर्सी देख्दा नीति कार्यक्रममाथि रोष्ट्रममा आएर टिप्पणी गर्नु रोष्ट्रमकै अपमान भएको बताउनुभएको ।
प्रतिनिधि सभाका २७५ सदस्यका बीचमा हुनुपर्ने छलफल केवल रेकर्डकै लागि मात्रै भइरहेको भन्दै सांसद अर्यालले हलमा उपस्थिति हुने वातावरण बनाउने कोसिस गर्न आग्रह गर्नुभयो ।
सदनका खाली कुर्सीमाथि व्यंग्य गर्दै सांसद डिपी अर्यालले भन्नुभयो,‘सदनको खाली कुर्सीहरू हेर्दा आफू पनि रोष्ट्रममा आएर बोलिरहनु रोष्ट्रमकै अपमान गरेजस्तो लाग्छ,कहिलेकाहीँ घरमै बसेर ऐनामा हेर्दै बोलेर पेनड्राइभमा रेकर्ड गरेर सचिवालयमा बुझाए पनि हुने हो कि भन्नेजस्तो लाग्छ ।’
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |