धादिङ । धादिङ प्रशासनले जिल्लाका सम्पूर्ण सरकारी कार्यालय परिसरमा रहेको अबैध क्यान्टिनहरु तत्काल बन्द गर्न निर्देशन दिएको छ।
प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बिभिन्न कार्यालयका जग्गा तथा भवन उपयोग गरी अबैध रुपमा प्रचलित कानूनी प्रकिया पुरा नगरी चलिरहेका क्यान्टिन, खाजाघर, चमेना गृहहरु तत्काल बन्द गराई प्रशासनलाई जानकारी गराउन आग्रह गरेको छ ।
अबैध रुपमा सञ्चालित क्यान्टिनहरुले चर्को मूलयमा गुणस्तरहिन वस्तुहरु विक्रि वितरण गरेको, अन्य अवैध क्रियाकलाप र विचौलियाहरुको चलखेल हुने अखडा बनेको जस्ता गुनासाहरु आएको सूचनामा उल्लेख गरिएको छ।
साथै प्रक्रिया पुरा गरेर मात्र क्यान्टिन, खाजाघर, चमेना गृह सञ्चालन गर्न र सोको नियमित नियमन गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
जिल्लाका विभिन्न सरकारी कार्यालय परिसरमा बर्षौ देखि शक्तिको आडमा यस्ता क्यान्टिनहरु निर्वाध रुपमा चल्दै आईरहेका छन् ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |