धादिङ आवाज फाल्गुन । सिद्धलेक गाउँपालिका वडा नम्वर ४ को गौथलेमा सञ्चालित बाख्रा पालन सम्बन्धी तालिम बुधवार सम्पन्न भएको छ ।
विकास अभियान आईसिडिसिले केकेएस संस्थासँगको साझेदारीमा सञ्चालन गरेको भुकम्प पछिको पुनर्लाभ कार्यक्रम अन्तर्गत बाख्रा पालन तालिम सञ्चालन गरेको हो ।
२ दिनसम्म सञ्चालन भएको सो तालिममा गौथले गाउँका स्थानीयबासीको सहभागिता रहेको थियो । भुकम्पपछि सलाङको गौथले गाउँमा व्यवसायिक रुपमा बाख्रा पालन गराई स्थानीयको जीवनस्तर उकास्न सहयोग गर्ने कार्यक्रम अन्तर्गत बाख्रा पालन तालिम गरिएको प्रविण घिमिरेले बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |