धादिङ । सिद्धलेक गाउँपालिका–२ स्थित सिद्धलेक (सिद्धबाबा मन्दिरमा) महाशिवरात्री पर्वको अवसरमा भोलि शुक्रबार सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुँदै छ।
सिद्धलेक ढेवाडाँडा समाज सिद्धलेक–२ को आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धन गर्ने उद्देश्यले आयोजित चौथोे सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक समाजका सल्लाहकार एव रेडक्रस नलाङ उपशाखाका सभापति अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो।
महोत्सवका लागि मञ्च निर्माण,स्टल निर्माण, स्वागत गेट निर्माण, सरसफाई, पानी, स्वयम् सेवक, रक्तदान कार्यक्रमको तयारीसँगै सम्पूर्ण पूर्वाधार निर्माण भईसकेको उहाँले बताउनुभयो ।
महोत्सवमा राष्ट्रिय कलाकार चर्चित लोक गायक राम्जी खाँड, लोक गायीका सम्झना भण्डारी, र कुशल बेलबासे, बिन्दा परियार, प्रदिप बराईली, टिका भुजेल, मिलन विश्वकर्मा, प्रवेश श्रेष्ठ लगाएत स्थानीय कलाकारहरुको प्रस्तुति हुने सिद्धलेक ढेवाडाँडा समाजका अध्यक्ष दिल नारायण श्रेष्ठले बताउनुभयो।
यसैगरी महोत्सव स्थल परिसरमा रक्तदान कार्यक्रम समेत हुने भएको छ ।
नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाको आयोजना तथा रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा बिहान ८ बजेदेखी अपरान्ह ४ बजेसम्म रक्तदान कार्यक्रम पनि हुने भएको छ ।
जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल धादिङ्गको सिद्धलेक गाँउपालिकाभित्र पर्ने साविकको नलाङ्ग र सलाङ्ग (हाल वडा नं. २, ३ र ४) को सिमानामा अवस्थित सिद्धलेक तथा ढेवा डाँडामा हरेक बर्ष महाशिवरात्रीमा मेला लाग्ने गर्दछ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सिद्धलेक ढेवाडाँडा समाज नेपालले गाउँपालिकाको समन्वयमा विगत केही बर्षदेखी सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गर्दै आएको छ ।
उक्त धार्मिक तथा सांस्कृतिक महोत्सवमा सहभागि हुन सम्पुर्णलाई आयोजकले अपिल गरेको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |